धार्मिक भावनामा आघात तथा सद्भाव भड्काउने अभिव्यक्ति दिने मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा रुकुम पश्चिम जिल्लाको आठविसकोट नगरपालिका १२ घर भइ हाल काठमाडौँ टोखा नगरपालिका ८ बानियाँटार बस्ने वर्ष २७ को जनक परियार रहेका छन्।
विभिन्न सामाजिक सञ्जालमा देखिएको भिडियोमा उनले ‘मठ मन्दिर आगो लाइदिनेछौँ’ जस्ता धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिएका थिए।
परियारमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए।
36
Shares

प्रतिक्रिया