सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त दिएका २८ जनाको दरखास्त स्वीकृत गरेको छ।
मन्त्रालयले एक सूचना जारी गर्दै दरखास्त दिन २८ जनाको स्वीकृत नामावली सार्वजनिक गरेको हो।
मन्त्रालयले यही जेठ ७ गते सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि पहिलोपटक दरखास्त आह्वान गरेको थियो। त्यो सूचना भोलिपल्ट रद्द गरेको मन्त्रालयले जेठ ९ गते अर्को सूचना जारी गरेको थियो।
सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस सम्बन्धी कार्यविधि, २०८३ को दफा ४(१) को खण्ड (ख) बमोजिम रितपूर्वक दरखास्त दिने उम्मेदवारहरूको सूची प्रकाशित गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयद्वारा प्रकाशित सूची अनुसार अमरध्वज लामा (काभ्रे), अच्युतम कुमार पोखरेल (सिराहा), पुनम पौडेल (ललितपुर), केदारनाथ कोइराला (भक्तपुर), डा. मधुसुधन न्यौपाने (काठमाडौँ), आलोक कुमार तिवारी (कपिलवस्तु), लक्ष्मण हुमागाई (काभ्रे), पुष्करराज गौतम (काठमाडौँ), भुवन प्रसाद आचार्य (पर्वत), उत्तर सिंह विष्ट (कैलाली) रहेका छन्।
यस्तै, मनोहरि थापा (उदयपुर), सुरेश शर्मा (काठमाडौँ), चिन्तामणि बराल (गुल्मी), बुद्धि बहादुर के.सी. (काठमाडौँ), नवराज सापकोटा (काठमाडौँ), रुद्र बहादुर खड्का (रुकुम पश्चिम), तिलक जंग बुढाथोकी (धनकुटा), हिक्मत बहादुर रावल (कैलाली), विश्वराज खनाल (तनहुँ), र शरदचन्द्र अधिकारी (संखुवासभा) को नाम पनि सूचीमा छ।
मन्त्रालयले सार्वजनिक गरेको सूचीमा सुभाष कुमार साह वियोगी (धनुषा), प्रद्युम्न पौडेल (काठमाडौँ), भेषराज पाण्डे (कपिलवस्तु), कुमारी निमा काफ्ले (कञ्चनपुर), शिशिर पौडेल (रुपन्देही), गोविन्द भण्डारी (भक्तपुर), विवेक रेग्मी (गोरखा) र धन बहादुर मिजार (नुवाकोट) को नाम पनि समावेश छ।

Shares

प्रतिक्रिया