सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका-६ मुग्लिन नजिकै २ किलो भन्ने ठाउँमा मा आज (बिहीबार) बिहान ७ बजेतिर सुख्खा पहिरो खसेको हो।
पहिरो सडकमा थुप्रिएकाले नारायणगढ-मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध भएको हो।
पहिरो झर्ने क्रम नरोकिएकाले तत्काल पहिरो पन्छाउने काम हुन नसकेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। रासस

प्रतिक्रिया