उदयपुरको कटारी नगरपालिका–११ स्थित लखनथुम्का टोलमा शनिबार बिहान ९ बजेतिर ५० वर्षीया महिलाको हत्या भएको छ।
सोही ठाउँका २५ वर्षीय युवकले खुकुरी प्रहार गरेर ती महिलाको हत्या गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कटारी नगरपालिका–११ का २५ वर्षीय ईश्वर मगरले स्थानीयवासी ५० वर्षीया महिला डोरकुमारी राउतको खुकुरी प्रहार गरेर हत्या गरेका हुन्। मादकपदार्थ सेवन गरेका मगरले छिमेकी ५० वर्षीया महिलासँग विवाद भएपछि खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ।
खुकुरी प्रहारबाट गम्भीर घाइते महिलाको उपचारका लागि कटारी अस्पताल लाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले बताए।
महिलालाई खुकुरी प्रहार गरेर जंगलतिर भागेका मगरलाई प्रहरी टोलीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जिप्रकाले जनाएको छ। रासस
Shares

प्रतिक्रिया