समाज


डब्ल्यूएचओ भन्छ : नयाँ प्रकारको कोरोनाले सन् २०२१ अझ कठिन हुने देखिन्छ

डब्ल्यूएचओ भन्छ : नयाँ प्रकारको कोरोनाले सन् २०२१ अझ कठिन हुने देखिन्छ

नेपालखबर
माघ ४, २०७७ आइतबार ६:३,

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नयाँ प्रकारको कोरोना भाइरसका कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने चेतावनी दिएको छ।

कोरोनाको नयाँ प्रजाति पुराेनाभन्दा संक्रामक भएको विवरण आइरहेका बेला डब्ल्यूएचओले भर्खर सुरु वर्ष अझ खराब हुन सक्ने अनुमान गरेकाे हाे।

बीबीसीका अनुसार सुरुमा बेलायतमा देखापरेको कोरोनाको नयाँ स्वरूप अहिले ५० देशमा फैलिसकेको छ। नयाँ कोरोनाले बेलायतमा संक्रमितको मृत्युदर ह्वात्तै बढेको बताइएकाे छ।

यस्तै दक्षिण अफ्रिकामा देखापरेको कोरोनाको नयाँ प्रकार पनि अन्य २० वटा देशमा फैलिसकेको छ। 

जापानमा पनि कोरोनाकै अर्को नयाँ प्रकार देखिएको त्यहाँका अधिकारीले बताएका छन्।

उनीहरूका अनुसार चार जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको हो। ती मानिस ब्रजिलमा संक्रमित भएर आएको अनुमान गरिएको छ।

विज्ञहरूले भने हाल विकास गरिएका खोप नयाँ प्रकारको कोरोनाविरुद्ध पनि उत्तिकै प्रभावकारी हुने दाबी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad