सप्तरीबाट भरुवा बन्दुकसहित दुई युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका–२, भलुवाहीका २५ वर्षीय रामपुकार माझी र सोही ठाउँका २२ वर्षीय रामस्वरुप मण्डल रहेको सप्तरीका डीएसपी एव प्रवक्ता भुवनेश्वर साहले जानकारी दिए।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रुपनीको टोलीले घरमा छापामारी गर्दा एकनाले भरुवा बन्दुकसहित दुबैजनालाई आइतबार बिहान पक्राउ गरेको हो।
पक्राउ परेका दुवै युवकमाथि आवश्यक अनुसन्धान गरिरहेको डीएसपी साहले बताए।

प्रतिक्रिया