समाज


चट्याङसहित पानी पर्ने सम्भावना, सतर्क रहन सुझाव

चट्याङसहित पानी पर्ने सम्भावना, सतर्क रहन सुझाव

नेपालखबर
साउन २४, २०७६ शुक्रबार १:५९,

आज (शुक्रबार) देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

अपराह्न वा साँझपख पश्चिमका १/२ स्थानमा तथा राति देशभरका कुनै पनि १/२ ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालयले जानकारी दिए।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ- देशका केही स्थानमा मेघगर्जन सहितको वर्षा हुने/चट्याङ पर्ने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिन्छ। पश्चिमी नेपालका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। जसले गर्दा सडक यातायातमा पहिरो/भू-क्षयका कारण अवरोध आउन सक्छ। तसर्थ यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरिन्छ।

आज काठमाडौं उपत्यकामा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् अर्यालले नेपालखबरसँग बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad