समाज


पछिल्लो २४ घण्टामा ३३७ जनामा कोरोना पुष्टि, काठमाडौँमा मात्रै ११६ थपिए

पछिल्लो २४ घण्टामा ३३७ जनामा कोरोना पुष्टि, काठमाडौँमा मात्रै ११६ थपिए

नेपालखबर
चैत २८, २०७७ शनिबार ११:४,

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३२ पीसीआर परीक्षण गर्दा ३३७ जनामा कोरोना पुष्टि भएको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी काठमाडौँमा ११६ जनामा कोरोना पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ। यस्चतै आज देशभरमा सक्रिय संक्रमितको संख्या २८ सय रहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १५१ जना कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म २ लाख ७३ हजार ८८६ जना कोरोना संक्रमित निको भएका छन्।

यस्तै पछिल्लो २४ घण्टामा थप १ कोरोना संक्रमितको निधन भएको छ। योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ३९ पुगेको छ।

No photo description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .