समाज


प्रेस पासका लागि सफ्टवेयरबाट आवेदन दिन सिकाइँदै

प्रेस पासका लागि सफ्टवेयरबाट आवेदन दिन सिकाइँदै

नेपालखबर
साउन ३०, २०७६ बिहिबार १२:२४,

सञ्चार रजिष्ट्रारको कार्यालय प्रदेश ३ ले बिहीबार हेटौँडामा सञ्चार माध्यम व्यवस्थापन सूचना प्रणाली (सिएमआइएस) वेभ एप्लिकेसन सफ्टवेयर मार्फत पत्रकारहरुबाट निवेदन प्राप्त गर्ने प्रक्रियाका बारेमा मकवानपुरका पत्रकारहरुलाई सिकाएको छ।

पानीमा भिज्दा पनि नबिग्रने आधुनिक किसिमको पत्रकार परिचयपत्र प्राप्त गर्न सफ्टवेयरमा विवरण अपलोड गराउने बारेमा सिकाइएको हो। साउन १६ गते पहिलो पटक काठमाडौंमा स्वतन्त्र पत्रकार परिचयपत्र वितरण गरेर शुरु गरिएको वेभ एप्लिकेशनका बारेमा प्रदेशमा क्रियाशिल पत्रकारहरुलाई जानकारी गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम राखिएको सञ्चार रजिष्ट्रारको कार्यालयले जनाएको छ। कार्यक्रममा कार्यालयका अधिकृत सुरेन्द्र कार्कीले सफ्टवेयरमा आवेदन दिने बिधिका बारेमा जानकारी गराएका थिए भने पत्रकारहरुले जिज्ञासालाई सञ्चार रजिष्ट्रार रेवती सापकोटाले प्रष्टयाएका थिए।

गर्भनेन्स अटोमेसन सोलुसनले तयार गरेको सो सफ्टवेयरमा प्रदेश भित्र काम गर्ने पत्रकारहरुले आफनो ठाउँबाट अनलाइन मार्फत निवेदन दिन मिल्ने गरी निर्माण गरिएको छ। सफटवेयरमा पत्रकारहरुको व्यक्तिगत, शैक्षिक, तालिम, भ्रमण र अन्य विस्तृत बिवरण पनि राखिएको हुन्छ। पत्रकारहरुले आफ्नो विवरण राखेपछि सञ्चार रजिष्ट्रारको कार्यालयले कागजात अध्ययन गरी स्वीकृत गरेपछि सफटवेयर मार्फत नै परिचयपत्र पीडीएफ फाइलमा तयार हुन्छ र छापिन्छ। अंग्रेजी र नेपाली दुवै भाषामा रहेको परिचयपत्रमा राहदानी नम्बर, बाहकको मोबाइल नम्बर, रक्त समूह पनि उल्लेख गरिएको छ।

सञ्चार रजिष्ट्रार रेवती सापकोटाले सञ्चार रजिष्ट्रारको कार्यालयले जेष्ठ पत्रकारलाई पेन्सन, श्रमजीवी पत्रकार दुर्घटना, बिरामी वा दीर्घरोगी हुँदा सहयोग र महिला पत्रकारको क्षमता बृद्धिमा सहयोग गर्न कोष खडा गर्न लागिएको जानकारी गराए। सञ्चार रजिष्ट्रारको कार्यालयबाट परिचयपत्र प्राप्त गर्ने प्रत्येक पत्रकारले एक सय रुपैयाँ कोषका लागि योगदान गर्दै आएका छन्। सञ्चार रजिष्ट्रारको कार्यालयले पनि सो कोषका लागि रकम बिनियोजन गर्ने तयारी गरिरहेको छ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कटेलले प्रदेश सरकार श्रमजीवी पत्रकारको पक्षमा रहेको र सञ्चार रजिष्ट्रारको कार्यालयले मापदण्ड पुगेका पत्रकारलाई मात्र स्वतन्त्र पत्रकार परिचयपत्र वितरण गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad