समाज


रुपन्देहीमा १५ दिन निषेधाज्ञा

रुपन्देहीमा १५ दिन निषेधाज्ञा

प्रकाश न्यौपाने
बैशाख १५, २०७८ बुधबार ११:२२,

रुपन्देहीमा १५ दिन निषेधाज्ञा जारी भएको छ। कोरोना संक्रमण समुदायस्तरमै फैलिएपछि मंगलबार जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकले कम्तिमा १५ दिन निषेधाज्ञा जारी गर्न जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको थियो।

संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले सर्वदलीय बैठकको सुझावअनुसार वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा बिहीबार बिहान ६ बजेदेखि वैशाख २९ गते बिहान ६ बजेसम्म लागू हुने रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए।

हिजो प्रशासनले जिल्लास्थित उद्योगी–व्यवसायी, जनप्रतिनिधि, राजनीतिक दलहरुसँग छलफल गरे पछि निषेधाज्ञा जारी गर्ने निष्कर्षमा पुगेको थियो। निषेधाज्ञा कडाईकासाथ लागू गरिने र उल्घंन गर्नेलाई संक्रामक रोग ऐन २०२० को उपदफा २ बमोजिम कारबाही हुने पौडेलले बताए।

‘संक्रमणबाट बच्न सबै सचेत हुनुपर्छ, निषेधाज्ञा कार्यान्वयन गर्नु नागरिकको दायित्व पनि हो’, उनले भने, ‘सुरक्षाकर्मी परिचालन गरेर निषेधाज्ञा कडाइ गरिनेछ, यदि उल्घंन भए कारबाहीको दायरामा ल्याउँछौं, दण्डित हुन्छ।’

निषेधाज्ञा अवधिमा अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन पाइने छैन। यस्तै, अत्यावश्यक सवारी साधनलाई मात्र संचालन गर्न दिइने छ। शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाइन फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक वस्तु तथा मालसामान ओसारपसार गर्ने ढुवानीका साधनहरु संचालन हुने छन्।

अहिले रुपन्देहीमा कोरोना संक्रमण तीव्ररुपमा बढेको छ। सक्रिय संक्रमित नै दुई हजार बढी पुगेका छन्। सक्रिय संक्रमितका कारण जिल्लाका सरकारी तथा प्राइभेट अस्पतालका आईसीयू, भेन्टिलेटर, जनरल र अक्सिजनसहितका एचडी वार्डहरु भरिएका छन्। संक्रमण थप फैलनबाट रोक्न प्रशासनले निषेधाज्ञा जारी गरी कडाई गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad