समाज


भारत र चीनबाहेक अन्य देशका नागरिक स्थलमार्गबाट नेपाल प्रवेश गर्न नपाउने

भारत र चीनबाहेक अन्य देशका नागरिक स्थलमार्गबाट नेपाल प्रवेश गर्न नपाउने

नेपालखबर
बैशाख १५, २०७८ बुधबार ११:४६,

सरकारले भारत र चीनबाहेकका नागरिकलाई स्थलमार्गबाट आवागमनका लागि रोक लगाएको छ।

स्थलमार्गबाट नेपाल आउनुपर्ने भारतीय तथा चिनियाँ नागरिकलाई यात्रा गर्नुअघि स्वाब सङ्‍कलन भएको ७२ घण्टाभित्रको कोभिड–१९ नेगेटिभ रिपोर्ट तथा १० दिन अनिवार्य रूपमा होटल क्वारेन्टिनमा बस्ने गरी होटल बुक गरेको प्रमाण पेश गर्नुपर्ने भएकाे हाे। 

सरकारले हवाइ मार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले यात्रा गर्नुअघि स्वाब सङ्‍कलन भएको ७२ घण्टाभित्रको कोभिड १९ नेगेटिभ रिपोर्ट तथा १० दिन अनिवार्य रूपमा होटल क्वारेन्टिनमा बस्ने गरी होटल बुक गरेको प्रमाण पेश गरेको हुनुपर्ने बताएको छ।

हवाइ मार्गबाट नेपाल प्रवेश गर्ने नेपाली नागरिकले यात्रा गर्नुअघि स्वाब सङ्‍कलन भएको ७२ घण्टाभित्रको कोभिड १९ नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने र प्रवेश गरेपछि १० दिन अनिवार्य रूपमा होटल वा होम क्वारेन्टिनमा बस्‍नुपर्ने व्यवस्था गरेको छ।

भारतबाट स्थलमार्ग भई नेपाल प्रवेश गर्ने नेपाली नागरिकहरूको हकमा स्थानीय तहको अनुगमनमा अनिवार्य रूपमा १० दिन होम क्वारेन्टिनमा बस्नुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad