समाज


चीनको अनियन्त्रित रकेट अन्ततः खस्यो मालदिभ्स नजिकैको महासागरमा

चीनको अनियन्त्रित रकेट अन्ततः खस्यो मालदिभ्स नजिकैको महासागरमा

नेपालखबर
बैशाख २६, २०७८ आइतबार ६:१७,

चिनियाँ संचारमाध्यमका अनुसार अन्तरिक्षमा अनियन्त्रित भएर पृथ्वीमा खसेको रकेटको धेरै भाग वायुमण्डलमा प्रवेश गरेसँगै जलेको थियो।

सो रकेट चिनियाँ समयअनुसार राति १० बजेर १२ मिनेटमा पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको थियो।

चीनले गत २९ अप्रिलमा उक्त लङ मार्च ५बी रकेट हाइनान टापुबाट प्रक्षेपण गरेको थियो। सो रकेटले स्पेस स्टेसनको प्रमुख मोड्युल पृथ्वीको तल्लो कक्षमा लगेको थियो।

अनियन्त्रित भएर खसेको सो रकेटले मानववस्तीमा विध्वँश मच्चाउने त्रास विश्वभर छाएको थियो। तर हिन्द महासागरमा रकेटका टुक्राहरु खसेसँगै सो त्रास टरेको छ।

अमेरिकाको यूएस स्पेस कमान्डले पनि वायुमण्डलमा चिनियाँ रकेट प्रवेश गरेको बताएको छ। तर त्यो कहाँ खस्यो भनेर केही बताएको छैन।

यो पनिः चीनको रकेट अन्तरिक्षमा अनियन्त्रित हुँदा पृथ्वीमा तनाव, अमेरिकाले गर्दैछ निगरानी

- चीनको १८ टन अनियन्त्रित रकेट पृथ्वीमा खस्दै, कहाँ र कहिले खस्छ थाहा छैन, विश्वभर चिन्ता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad