समाज


इसाई धर्मगुरु पोप फ्रान्सिसले जापान र थाइल्याण्डको भ्रमण गर्ने

इसाई धर्मगुरु पोप फ्रान्सिसले जापान र थाइल्याण्डको भ्रमण गर्ने

नेपालखबर
भदौ २७, २०७६ शुक्रबार ८:१९,

आगामी नोभेम्बर १९ देखि २६ मा हुने यस भ्रमणका क्रममा उनले जापानका हिरोशिमा र नागासाकीको पनि भ्रमण गर्नेछन्।

भ्याटिकनद्वारा जारी विज्ञप्तिमा पोप फ्रान्सिसले थाइल्यान्डमा नोभेम्बर २०–२३ र जापानमा नोभेम्बर २४–२६ मा भ्रमण गर्ने जनाइएको छ।

यसअघि पोप जोन पलले ४० वर्षअघि जापानको भ्रमण गरेका थिए। पोप फ्रान्सिसले गत जनवरीमा जापान भ्रमण गर्ने इच्छा व्यक्त गरेका थिए। जापानमा करिब ४ लाख ५० हजार रोमन क्याथोलिक सम्प्रदायका इसाईहरुको बसोबास छ।

जापानको सांस्कृतिक मामिलासम्बन्धी निकायका अनुसार जापानमा करिब ५ लाख १० हजार प्रोटेस्टान्ट सम्प्रदायका इसाई छन्। जापानमा मुख्यरुपमा शिन्तो बुद्धिस्ट रहेका छन्।

पाँच वर्षअघि भ्याटिकनको प्रमुख भएयता उनले दुई पटक एसियाली मुलुकको भ्रमण गरेका छन्। उनले सन् २०१४ मा फिलिपिन्स र श्रीलंका तथा गत वर्ष म्यान्मार र बंगलादेशको भ्रमण गरेका थिए। रासस–एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad