समाज


न्युरोडका गुँदपाक तथा बेकरी पसलमा छिर्‍यो सरकारी अनुगमन टोली

न्युरोडका गुँदपाक तथा बेकरी पसलमा छिर्‍यो सरकारी अनुगमन टोली

नेपालखबर
असोज १६, २०७६ बिहिबार १२:५४,

काठमाडौंको न्युरोड क्षेत्रमा गुँदपाक तथा बेकरी पसलमा अनुगमन भएको छ। अनुगमन टोलीलले उक्त क्षेत्रमा भएका बेकरी तथा प्याकिङ् गरिएका खानेकुराको स्वच्छता सुधार गर्नुपर्ने देखिएको बताएको छ।

अनुगमनका क्रममा बेकरी पसल र गुँदपाक, पुष्टकारी, पाउँसहित अन्य खाद्य पसलमा बिहीबार अनुगमन भएको हो। सो क्रममा त्यहाँका पसलका सामान, त्यसको उत्पादक, उत्पादन मिति, म्याद सकिने मिति, मूल्यलगायतका विषय हेरिएको थियो।बेकरी बिक्रेताले एप्रोन लगाएको, हातमा पञ्जा, टाउकोमा सेफ्टी क्याप, हातमा पञ्जा लगाएको नपाइएको अगुगमका क्रममा देखिएको थियो।

काठमाडौँ महानगर, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य विभागलगायतका कार्याललयका अधिकारीको टोलीले अनुगमन गरेको हो।

यस अघि टोलीले बुधबार टेकुदोभानबाट कुलेश्वर जाने सडक किनारामा भएका फलफूल पसलको अनुगमन गरेको थियो। अनुगमनका क्रममा फलफूलमा बिषादिको प्रयोगको मात्रा निरीक्षण गर्न नमूना संकलन गरिएको छ। यी नमूनाहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा परीक्षण भइरहेका छन्।

‘परीक्षणबाट प्राप्त नतिजाका आधारमा व्यापारी सचेतनामुलक कार्यक्रम र कानुनी कारबाही सँगसँगै लैजाने महानगरको योजना छ’, कृषि तथा पशुसेवा विभागका प्रमुख हरिबहादुर भण्डारी भन्छन्,‘ पहिले सचेत गराउने, अटेर गर्नेमाथि कानूनी कारवाही गर्ने हाम्रो योजना हो।’

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीका अनुसार खाद्यवस्तुमा भएको मिसावटका विषयमा विभागमा धेरै उजुरी छन्। ती उजुरीलाई बैज्ञानिक तथ्यका आधारमा आफूले कारबाही गर्न सक्ने भए आफैं गर्ने नभए सम्बन्धित निकायमा लेखी पठाउने गरिएको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad