सल्यानमा गोठालो गएकी युवतीको भिरबाट लडेर मृत्यु भएको छ। सोमबार बाख्रा चराउन जंगल गएको बेला भिरबाट खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा बागचौर नगरपालिका ९ परिलेख निवासी २४ बर्षिया दिपा वली बस्नेत छिन्।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार भिरबाट करिव पाँचसय मिटर तल खसेर उनको मृत्यु भएको हो।
बाख्रा गोठालोबाट फर्कने क्रममा उनी भिरबाट खसेकी हुन्।
घाइतेको राति ९ बजे थारमारेमा सामान्य उपचार पश्चात थप उपचारका लागि जिल्ला अस्पताल सल्यान लैजाँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
117
Shares

प्रतिक्रिया