ad ad

समाज


बिहे गरेको ४ महिनामै २१ वर्षीया पत्नीको हत्या, २२ वर्षीय युवक पक्राउ

बिहे गरेको ४ महिनामै २१ वर्षीया पत्नीको हत्या, २२ वर्षीय युवक पक्राउ

नेपालखबर
चैत १३, २०८० मंगलबार १०:४१, काठमाडौँ

बाँकेको कोहलपुरमा पत्नी हत्याको आरोपमा एक युवक पक्राउ परेका छन्। 

कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा डेरागरी बस्दै आएका २२ वर्षीय अनिल बिकलाई पत्नी हत्याको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। 

बर्दियाको बाँसगढी- ४ घर भइ हाल कोहलपुर- १४ मा बस्दै आएका बिकले गएराति १० बजे २१ वर्षकी श्रीमती सुशीला सुनारको हत्या गरेका जिप्रका बाँकेका डीएसपी नारायण डाँगीले जानकारी दिए।

‘घरायसी विवादमा उनले पत्नीको हत्या गरेको देखिन्छ,’ डीएसपी डाँगीले नेपालखबरसँग भने, ‘हामी घटनाको थप अनुसन्धानकै क्रममा छौँ।’

उनीहरुको चार महिनाअघि मात्रै विवाह भएको प्रहरीले जनाएको छ। सुनारको माइत जाजरकोट हो। 

‘डेरामा उनीहरु दुईजना मात्रै बस्दा रहेछन्,’ डाँगीले भने, ‘राति पत्नीसँग झगडा हुँदा अनिलले धारिलो हतियारले ढाडमा प्रहार गरेछन्। गम्भीर अवस्थाकी पत्नीलाई उनैले उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर पुर्याएको पाइएको छ। अस्पतालमा उपचारको क्रममा सुशिलाको मृत्यु भएको हो।’ 

अनिल कोहलपुर- १४ पार्वतिपुरस्थित हेम्पाइप फ्याक्ट्रीमा काम गर्ने मजदुर हुन्। 

प्रहरीले अनिललाई अस्पताल परिसरबाटै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय कोहलपुरका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए।

उनीहरुको डेराबाट प्रहरीले रगत लागेको धारिलो हतियार पनि बरामद गरिएको जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .