समाज


खानेपानी संस्थामा दलगत प्रतिस्पर्धा, रास्वपालाई हराउँदै कांग्रेस समर्थित निर्वाचित

खानेपानी संस्थामा दलगत प्रतिस्पर्धा, रास्वपालाई हराउँदै कांग्रेस समर्थित निर्वाचित

प्रदीप आचार्य
बैशाख २९, २०८३ मंगलबार १६:५२, बुटवल

रुपन्देहीको बुटवलस्थित सेमलार खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा दलगत प्रतिस्पर्धा भएको छ। जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवारलाई हराउँदै नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। 

सेमलार संस्थाको निर्वाचनमा रास्वपा, कांग्रेस र नेकपा (एमाले)का उम्मेदवार प्यानलै बनाएर निर्वाचन लडेका हुन्। यो रास्वपा सांसद शुलभ खरेलको टोल क्षेत्र हो। 

संस्थाका २० पदका लागि भएको निर्वाचनमा रास्वपाले सबै पदमा उम्मेदवारी दिएको थियो। एक उपाध्यक्षसहित चार सदस्य मात्रै रास्वपाको प्यानलका उम्मेदवार निर्वाचित भएका छन्। अन्य १६ पदमा कांग्रेसको प्यानलका उम्मेदवार निर्वाचित भएका छन्। 

अध्यक्षमा भुवनबहादुर खत्री, उपाध्यक्षमा कोपिला कुमारी थापा, सचिवमा द्रोणबहादुर गमाल, सहसचिवमा कोपिला जीसी र कोषाध्यक्षमा प्रेमप्रसाद पौडेल निर्वाचित भएका छन्। अध्यक्ष पदमा निर्वाचित कांग्रेस समर्थक खत्रीले ७३२ मत प्राप्त गर्दा रास्वपा समर्थित उम्मेदवार महेन्द्रबहादुर रायमाझी ४२० मत पाए। 

महिला उपाध्यक्ष पदमा भने रास्वपा समर्थिन उम्मेदवार कोपिलाकुमारी थापा निर्वाचित भएकी छन्। उनले ५४९ मत पाइन् भने प्रतिस्पर्धी सविना शाहले ५२९ मत पाइन्। 

निर्वाचनमा एक हजार ९४० मतदाता रहेका थिए। जसमध्ये एक हजार ७०३ मत खसेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad