खेल


स्कटल्यान्डविरुद्ध दीपेन्द्रको अर्धशतक

स्कटल्यान्डविरुद्ध दीपेन्द्रको अर्धशतक

नेपालखबर
बैशाख २९, २०८३ मंगलबार १६:५९, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले स्कटल्यान्डविरुद्ध अर्धशतक पूरा गरेका छन्। 

आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलाअन्तर्गत पहिलो खेलमा दीपेन्द्रले अर्धशतक पूरा गरेका हुन्। उनले ४३ बलमा ५ चौका र १ छक्का प्रहार गरे।

ओडीआईमा दीपेन्द्रको यो आठौँ अर्धशतक हो। उनी ५५ रनमा आउट भए। 

स्कटल्यान्डले दिएको २२१ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले २७ ओभरको खेल जारी रहँदा १२७ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad