समाज


सर्लाहीमा बस र ट्रक ठोक्किँदा घाइते भएका ट्रक चालकको मृत्यु

सर्लाहीमा बस र ट्रक ठोक्किँदा घाइते भएका ट्रक चालकको मृत्यु

नेपालखबर
चैत ८, २०८० बिहिबार ९:१५, सर्लाही

बुधबार साँझ सर्लाहीको नवलपुरमा बस र ट्रक आपसमा ठोक्किँदा गम्भीर घाइते भएका ट्रक चालकको मृत्यु भएको छ। 

मकवानपुरको हेटौँडा उपमहानगरपालिका- ३ घर भएका ४३ वर्षीय तोङश्री बहादुर गोलेको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका गोलेलाई उपचारको लागि राति नै वीरगन्ज लगिएको थियो। राति १० बजेतिर वीरगन्जस्थित नारायण अस्पतालमा उनको मृत्यु भएको डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए। 

दुर्घटनामा बसमा सवार १० यात्रु घाइते भएका थिए। घाइतेमध्ये ८ जना उपचारपछि डिस्चार्ज भएर घर फर्किएका छन्। 

सिन्धुलीका २५ वर्षीय जीवनप्रसाद गौतम र महोत्तरी बर्दिबासकी अम्बिका कार्कीको भने नवलपुरमा रहेको वीएण्डआर अस्पतालमा उपचार भइरहेको डीएसपी पञ्जियारले बताए। 

बुधबार साँझ पूर्वपश्चिम राजमार्गमा पर्ने लालबन्दी नगरपालिका १ नवलपुर बजारमा जनकपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा ४ ख ३२४ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख ४३३ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन्।

दुर्घटनापछि बसका चालकलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .