समाज


सर्लाहीमा ३ जना युवा सवार मोटरसाइकल गाडीमा ठोकिँदा ५ जना घाइते

दुर्घटनापछि दुवै सवारी जले
सर्लाहीमा ३ जना युवा सवार मोटरसाइकल गाडीमा ठोकिँदा ५ जना घाइते

नेपालखबर
असार ३०, २०८२ सोमबार १३:४०, सर्लाही

सर्लाहीमा दुई सवारी साधन आपसमा ठोकिएर भएको दुर्घटनामा पाँच जना घाइते भएका छन्। 

आज बिहान ईश्वरपुर नगरपालिका १२ र १३ को सीमा क्षेत्रमा पर्ने बाँके चोकदेखि दक्षिणतर्फ रहेको रेल्वे ट्रयाक नजिक श्रीनगर-बाँके सडक खण्डमा दुई सवारी साधन आसपमा ठोकिएका हुन्।

दुर्घटनामा मोटरसाइकल चालक ईश्वरपुर- १५ का २३ वर्षीय चन्द्रदेव धामी, मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २२ वर्षीय प्रशेस चौधरी र मोटरसाइकलकै पछाडि सवार सोही ठाउँका २१ वर्षीय अमित चौधरी घाइते भएका छन्। 

त्यसैगरि दुर्घटनमा पिकअप चालक सर्लाहीको हरिवन नगरपालिका- ३ डाबरी टोल बस्ने ४० वर्षीय रामएकबाल महतो र हरिवन नगरपालिका- २ का ६५ वर्षीय लेखनाथ उपाध्याय पनि घाइते भएका छन्। 

श्रीनगरबाट बाँके चोकतिर जाँदै गरेको प्र.०३-०२८ प २१९१ नम्बरको मोटरसाइकल र  रेल्वे ट्रयाक हुँदै बयलबास तर्फबाट महोतरी तर्फ जादै गरेको बा.८ च ६५ नम्बरको पिकअप गाडी आपसमा ठोकिएका हुन्।

दुर्घटनापछि दुवै सवारी साधन जलेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। आगलागीबाट पिकअपको आगाडितर्फ र मोटरसाइकल पूर्णरुपमा जलेको छ। 

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारको लागि लालबन्दी स्थित मोडेल अस्पतालमा पठाइएको प्रहरीले जनाएकाे छ। तीव्र गतिकाे कारण दुर्घटना भएकाे अनुमान प्रहरीले गरेकाे छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad