समाज


घरमा आगलागी हुँदा १५ लाखको क्षति

घरमा आगलागी हुँदा १५ लाखको क्षति

नेपालखबर
बैशाख २५, २०८३ शुक्रबार १२:३, सर्लाही

सर्लाहीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। 

शुक्रबार बिहान हरिवन नगरपालिका- १ बिलन्दीस्थि चुरे क्षेत्रका दिवस बोम्जनको घरमा आगो लागेको हो।

आगलागीबाट झण्डै १५ लाख रुपैयाँको क्षति भएको स्थानीय राजु लोले जानकारी दिए। 

दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिए पनि घरसहित सम्पूर्ण सरसामान भने पूर्णरुपमा जलेको छ। 

आगलागीबाट नगद ३ लाख २० हजार, दुई तोला सुन, अन्नपात र लत्ताकपडा गरि लगभग १५ लाख रुपैयाँ बराबरको क्षति भएको पीडितले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad