खेल


साफ च्याम्पियनसिपमा आज राति आयोजक माल्दिभ्सविरुद्ध भिड्दै नेपाल

साफ च्याम्पियनसिपमा आज राति आयोजक माल्दिभ्सविरुद्ध भिड्दै नेपाल

फाइल तस्बिर


नेपालखबर
असोज १५, २०७८ शुक्रबार १२:३८, काठमाडौँ

नेपालले शुक्रबार आयोजक तथा डिफेन्डिङ च्याम्पियन मालदिभ्ससँग प्रतिस्पर्धा गर्दै साफ च्याम्पिनसिप फुटबलको सुरुवात गर्दै छ। 

च्याम्पियनसिपको पहिलो खेलमा नेपालले घरेलु टोलीसँग खेल्न लागेको हो। 

नेपाल र मालदिभ्सबीचको खेल राति पौने १० बजे हुनेछ। 

साफको सेमिफाइनल सम्ममात्रै पुगेको नेपाल पहिलो पटक साफको फाइनलमा पुग्ने योजनमा छ। 

नेपाल साफ च्याम्पियनसिपको इतिहासमा अहिलेसम्म फाइनलमा पुग्न नसकेको छैन। नेपाली टोलीका कप्तान किरण चेम्जोङले आफुहरु उपाधिका लागि भिड्ने बताएका छन्। 

उनले भने, ‘माल्दिभ्सलाई घरेलु समर्थक र वातावरणको फाइदा पुग्ला तर हामी मैदानमा लडेर नतिजा निकाल्नेछौँ।’

टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले मालदिभ्सविरुद्धको खेल कठिन हुने बताका छन्। डिफेन्डिङ च्याम्पियनस समेत रहेको मालसदसभ्सलाई घरेलु मैदानको फाइदा हुनेछ। उनीहरुको सामना गर्न हामीलाई कठिन हुनेछ। 

नेपाल पछिल्लो संस्करणमा मालदिभ्ससँग सेमिफाइनलमा ३–० ले पराजित भएको थियो। 

साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले सोमबार श्रीलंकासँग खेल्नेछ। दोस्रो खेल पनि राति पौनै १० बजे हुनेछ। 

१० अक्टोबर रातको पौने १० बजे भारतको सामना गर्ने नेपालले च्याम्पिनयसिपको अन्तिम खेलमा १३ अक्टोबर पौने बजे बंगलादेशसँग स्पर्धा गर्नेछ। 

हेड टु हेड 
नेपाल र माल्दिभ्सबीच हालसम्म १६ पटक भेट भएको छ। यो भेटमा नेपालले ४ खेलमा जित निकालेको छ भने समान ४ खेलमा बराबरी गरेको छ। 

८ खेलमा भने नेपाल पराजित भएको छ। नेपाल र माल्दिभ्सबीच २ मात्र मैत्रीपुर्ण खेल भएको छ। 

यसअघि भएको साफ च्याम्पियनसिपमा नेपाल मालदिभ्ससँग ३–० ले पराजित भएको थियो। त्यसअघि सन् २०१२ मा भएको मैत्रीपुर्ण खेल नेपालले २–१ ले गुमाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad