खेल


तालिबानले खोसेको राष्ट्रिय गान सुन्दा विश्वकपमा भक्कानिए अफगानिस्तानका क्रिकेटर

तालिबानले खोसेको राष्ट्रिय गान सुन्दा विश्वकपमा भक्कानिए अफगानिस्तानका क्रिकेटर

नेपालखबर
कात्तिक ९, २०७८ मंगलबार १५:५, काठमाडौँ

अफगानिस्तानको खेलकुद अहिले कठिन मोडबाट गुज्रिरहेको छ। 

तालिवानले कब्जा गरेपछि कति अफगानिस्तानका खेलाडीहरुले त्यहाँबाट भागेर आफ्नो ज्यान जोगाइरहेका छन्। 

यहीबीचमा क्रिकेट टी–२० विश्वकप यूएईमा चलिरहेको छ। 

सोमबार राति स्कटल्यान्डसँग अफगानिस्तानको खेल हुँदै थियो। 

खेलअघि अफगानिस्तानको राष्ट्रिय गान बज्न थाल्यो। यत्तिकैमा अफगानिस्तानका खेलाडीले आफ्नो आँशु थाम्न सकेनन्। 

तालिबानले बजाउन छोडेको राष्ट्रिय गीत सुनेर अफगानिस्तानका खेलाडीहरु भावुक भएका हुन्। 

राष्टिय गान सकिएपछि अफगानिस्तानका कप्तान मोहम्म्द नावीले आँशु पुछिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

शारजाह मैदानमा अफगानिस्तानको झण्डा फहराउँदै राष्टिय गान बज्न थाल्दा खेलाडीहरुले आँशु लुकाउन सकेनन्। 

यी खेलाडीहरुको आँखामा आँशु आउनु स्वाभाविक पनि छ। अफगानिस्तानलाई तालिवानले कब्जा गरेपछि उनीहरु रहेको झण्डा अब उनीहरुको रहेन। 

अफगानको झण्डामुनि एकजुट रहेको टिमले जसरी राष्टिय गान गाइरहेको थियो त्यो उनीहरुबाट तालिवानले छिनेको छ। 

यदि यो दृश्य अफगानिस्तानमा भएको भए अहिले उनीहरु संकटमा परिसकेका हुन्थे। तालिवानले उनीहरुमाथि जे पनि गर्न सक्थे। 

यही कारण अफगानिस्तानका कप्तान मोहम्मद नावी भावुक भए र आँखाबाट आँशु चुहाए। 

अफगानिस्तानमा २० वर्षपछि केही महिनाअघि मात्रै फेरि तालिवानले कब्जा गरेको छ। 

अफगानिस्तानका नागरिकले अब आफ्नो झण्डा र राष्ट्रिय गानलाई भुल्नुपर्ने बाध्यता आएको छ। किनकि तालिवानले यसलाई प्रतिबन्धित गरिसकेको छ।  

यसमै तालिवानले अफगानिस्तानको जितमा बधाइ दिएको छ। 

तालिवानका प्रवक्ता सुहैल शाहिनले ट्वीट गर्दै लेखेका छन्, ‘सारा अफगान टिम र अफगान राष्ट्रलाई स्कटल्याण्डविरुद्धको जितको लागि ऐतिहासिक बधाई। खेलाडीहरुको शानदार जित। अल्लाहले तपाईंहरुको आगामी जितका लागि पनि मद्दत गरून्!’

संयुक्त अरब इमिरेन्ट्सका शारजाह क्रिकेट स्टेडियममा चलिरहेको आईसीसी टी–२० विश्वकपमा सुपर १२ का खेल चलिरहेका छन्। 

उक्त खेलमा अफगानिस्तानले स्कटल्यान्डमाथि १ सय ३० रनको शानदार जित दर्ता गर्यो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad