खेल


बंगलादेशमा नेपाली टोलीलाई सिरिज, रुबिना 'उत्कृष्ट खेलाडी'

बंगलादेशमा नेपाली टोलीलाई सिरिज, रुबिना 'उत्कृष्ट खेलाडी'

नेपालखबर
कात्तिक २४, २०७८ बुधबार २१:५२, काठमाडौँ

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले बंगलादेशमा बंगबन्धु बीकेएसपी कप वुमन फ्रेन्डसिप टी-२० सिरिज जित्न सफल भएको छ।

बंगलादेशको बीकेएसपीको टिमलाई बुधबार ७ विकेटले हराउँदै नेपाली महिला क्रिकेट टिमले सिरिज २-१ ले जितेको हो।

विश्वकपको एसिया छनोटको तयारीमा रहेको नेपाली टिम बन्द प्रशिक्षणका लागि बंगलादेश गएको थियो ।

बंगलादेशमा रहँदा नेपाली टिमले प्रशिक्षणसँगै सिरिज अन्तर्गत तीन मैत्रीपूर्ण खेल खेलेको हो।

पहिलो खेल २४ रनले जितेको नेपालले दोस्रो खेल ५ विकेटले गुमायो। तर अन्तिम खेलमा ७ विकेटले विजयी हुँदै नेपाली टोलीले सिरिज जितेको हो।

घरेलु टोलीले दिएको ५४ रनको सामान्य लक्ष्य नेपालले १४ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो। 

नेपालका लागि सरिता मगर र कविता जोशीले अविजित रहँदै १३ र १४ रन बनाए। काजल श्रेष्ठ १०, सीता राना ५, इन्दु बर्माले ६ रन बनाए। 

बंगलादेशी टोलीकी काब्या खातुनले २ र रब्याले १ विकेट लिए। पहिले ब्याटिङ गरेको बीकेएसपीले १६.५ ओभरमा अलआउट हुँदै ५३ रन बनाएको थियो।

उसका लागि बोन्याले अविजित १७ रन बनाइन्। अरुले दोहोरो अंक छुन सकेनन् ।

नेपालका लागि रुबिना क्षेत्रीले ४, करुणा भण्डारीले २ विकेट लिए। कविता कुँवर र सीता रानाले १ विकेट लिए ।

तेस्रो खेलकी म्यान अफ द म्याच नेपाली कप्तान रुबिना क्षेत्री प्लेयर अफ दी सिरिज बनिनन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad