रुमेश बर्तौलाको निर्णायक गोलमा च्यासल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको शनिबारको पहिलो खेलमा च्यासलले विभागीय नेपाल एपीएफ फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो।
च्यासलका रुमेश बर्तौलाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ४९औं मिनेटमा निकै दर्शनिय गोल गरेका थिए।
लिगमा एपीएफको यो लगातार दोस्रो हार हो। पहिलो चरणमा एपीएफ ब्रिगेड ब्वाइज क्लबसँग ३–२ ले पराजित भएको थियो।
69
Shares
प्रतिक्रिया