आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा आइतबार मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लब भिड्दैछन्।
पोखरा रंगशालामा हुने खेल दिउँसो दुई बजेपछि सुरु हुनेछ।
प्रि-क्वार्टरफाइनल खेलमा नेपाल पुलिस क्लबले हिमालयन शेर्पा क्लबलाई सडन डेथमा पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको थियो। मनाङले भने सिधै बाई पाएर क्वार्टरफाइनल खेल्न लागेको हो।
यसअघि ए डिभिजन लिग अन्तर्गत सोही रंगशालामा भएको खेलमा मनाङले पुलिस क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो।
आजको खेलको विजेताले थ्रीस्टार र त्रिभुवन आर्मी फुटबल क्लबबीचको विजेतासँग माघ १३ गते सेमिफाइनलमा खेल्नेछ।
42
Shares
प्रतिक्रिया