ad ad

खेल


आईपीएलको पहिलो खेलमा गुजरातको जित

आईपीएलको पहिलो खेलमा गुजरातको जित

नेपालखबर
चैत १५, २०७८ मंगलबार ७:१४, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत सोमबार भएको खेलमा  नयाँ टोली गुजरात टाइटन्सले अर्को नयाँ टोली लखनऊ सुपर जायन्टलाई ५ विकेटले पराजित गरेको छ। 

पहिला ब्याटिङ गरेको लखनऊले निर्धारित २० ओभरमा १५८ रन बनाएको थियो। लखनऊका लागि दीपक हुड्डाले ५५ र आयुष बाडोनीले ५४ रनको पाली खेलेका थिए। 

गुजरातका मोहम्मद समीले ३ तथा वरुण अरुणले २ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको गुजरातका लागि राहुल तेवाइताले ४०, हार्दिक पाण्डेले ३३ तथा म्याथ्यु वेड र डेभिड मिलरले समान ३० रन बनाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .