ad ad

खेल


च्याम्पियन्स लिग : कीर्तिमान रच्ने रियल मड्रिडको दाउ, बदला लिने लिभरपुलको योजना

च्याम्पियन्स लिग : कीर्तिमान रच्ने रियल मड्रिडको दाउ, बदला लिने लिभरपुलको योजना

नेपालखबर
जेठ ५, २०७९ बिहिबार १०:५८, काठमाडौँ

स्पेनिस पावर हाउस रियल मड्रिड १७ औँ पटक च्याम्पियन्स लिगको उपाधिका लागि चिरप्रतिद्वन्द्वी लिभरपुलसँग आगामी १४ गते स्पर्धा गर्दै छ। 

च्याम्पियन्स लिगमा यी दुई टोली पछिल्लोपटक सन् २०१७–१८ को फाइनलमा भिडेका थिए। त्यो सिजन रियलले ३–१ ले लिभरपुललाई पराजित गरेको थियो। यसपटक  रियललाई हराएर बदला लिने मौका लिभरपुलसँग छ।

यसअघि नै लिभरपुलका फरवार्ड मोहम्मद सलाहले आफूले फाइनल रियलसँग होस् भनी चाहेको बताएका थिए। 

रियल भने जितको लयलाई कायम राख्दै नयाँ कीर्तिमान रच्ने दाउमा हुँदा लिभरपुल हारको बदला लिने लक्ष्यका साथ मैदान उत्रिनेछ। 

यद्यपि रियललाई हराउनु लिभरपुलको लागि त्यति सजिलो भने पक्कै पनि छैन। च्याम्पियन्स लिगमा रियल मड्रिड सर्वाधिक सफल क्लब हो। रियलले अहिलेसम्म १३ पटक च्याम्पियन्स लिगको उपाधि जितिसकेको छ। रियलले १६ पटक च्याम्पियन्स लिगको फाइनलमा पुग्दा केवल तीन खेल गुमाएको छ। 

२०१७–१८ च्याम्पियन्स लिगको उपाधि उचालेको रियल इतिहास दोहोर्‍याउन चाहन्छ। यसपटक उपाधि जित्न रियल मड्रिडको टोली पनि निकै सन्तुलित देखिएको छ।

रियलका लागि करिम बेन्जेमा, रोड्रिगो सिल्भा, भेनिसियस जुनियरजस्ता खेलाडीले च्याम्पियन्स लिगको यो सिजनमा निकै राम्रो प्रदर्शन गर्दै आएका छन्।

उनीहरुको योगदान च्याम्पियन्स लिगको फाइनलमा रियललाई  उपाधि रक्षाको लागि महत्वपूर्ण हुन सक्छ। 

रियलले सन् २०१५/१६, ०१६/१७ र ०१७/१८ मा लगातार उपाधि जित्दै उपाधि माथि ह्याट्रिक गरेको थियो। 

त्यसअघि रियलले सन् १९५५/५६, १९५६/५७, १९५७/५८, १९५८/५९ र १९५९/१९६० मा उपाधि उचाल्दै सनसनी मच्चाएको थियो। च्याम्पियन्स लिगको उपाधि माथि लगातार ५ पाँच पटक कब्जा जमाउने रियल एक्लो क्लब हो। 

फाइनल खेलमा करिम बेन्जेमा माथि धेरैको नजर हुनेछ।​ क्रिस्टियानो रोनाल्डोले रियल छाडेपछि रियललाई महत्वपूर्ण सफलता दिलाउन फ्रान्सका फरवार्ड बेन्जेमाको महत्वपूर्ण भूमिका छ। 

रोनाल्डोले सन् २०१८ मा क्लब छाडेपछि बेन्जेमा चम्किरहेका छन्। बेन्जेमा यो सिजन १५ गोल गर्दै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन्। 

च्याम्पियन्स लिगको उपाधि रियलपछि एसी मिलानले धेरै पटक उचाल्ने मौका पाएको छ। एसी मिलानले ७ पटक उपाधि जित्दा ४ पटक उपविजेतामा सिमित भएको थियो। 

त्यसो त लिभरपुलले पनि पछिल्लो समय सशक्त प्रदर्शन गर्दै आएको छ। च्याम्पियन्स लिगमा उसले इन्टर मिलान बेन्फिका जस्ता टोलीलाई पराजित गरिसकेको छ।

उसले सेमिफाइनलमा बार्यन म्युनिख तथा युभेन्ट्स जस्ता टोलीलाई हराइसकेको भिल्लारियललाई पनि पाखा लगाएको थियो।

यो सिजनमा लिभरपुलका फरक फरक खेलाडी चलिरहेका छन्। यस्तोमा उसलाई फाइनल खेलको लागि विकल्प धेरै हुनेछ। 

लिभरपुल अब सातौँ पटक च्याम्पियन्स लिगको उपाधि उचाल्न मेहनत गरिरहेको छ। सन् २०१८/१९ को सिजनमा लिभरपुलले टोटनहम हट्सपरलाई पराजित गर्दै उपाधि जितेको थियो।

त्यसयता लिभरपुलले उपाधि जित्न सकेको छैन। लिभरपुलले ६ पटक लिगको उपाधि जित्दा ३ पटक भने उपविजेतामा सीमित भएको थियो। 

रियलसँगको फाइनल खेलमा मोहम्मद सलाहमाथि धेरैको नजर हुनेछ। इजिप्टका फरवार्ड सलाहले यो सिजन ८ गोल गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .