ad ad

खेल


इटालीमाथिको शानदार जितसँगै अर्जेन्टिना बन्यो च्याम्पियन

इटालीमाथिको शानदार जितसँगै अर्जेन्टिना बन्यो च्याम्पियन

नेपालखबर
जेठ १९, २०७९ बिहिबार ६:४२, काठमाडौँ

कोन्मेबोल–यूईएफए कप अफ च्याम्पियन्स–फाइनालिजिमा अन्तर्गतको बुधबार राति भएको खेलमा अर्जेन्टिनाले इटालीमाथि ३–० गोल अन्तरको शानदार जित हात पारेको छ।

अर्जेन्टिनालाई जित दिलाउने क्रममा खेलको २८ औं मिनेटमा लियोनेल मेस्सीले उपलब्ध गराएको राम्रो अवसरमा लाउरेटो मार्टिनेजले गोल गरे।

त्यस्तै त्यस्तै  पहिलो हाफको इन्ज्युरी समयमा एन्जल डि मारियाले शानदार गोल गरे। खेलको इन्ज्युरी समयमा मेस्सीको पासको सदुपयोग गर्दै पाउलो डिबेलाले अर्को गोल थपे। 

इटालीले भने खेलमा कुनै गोल गर्न सकेन। दुई महादेशका च्याम्पियनहरुबीचको यस किसिमको प्रतिस्पर्धा २९ वर्षमा पहिलोपटक भएको हो।

यो प्रतियोगिता यसअघि आर्टेमिओ फ्रान्की कपको रुपमा यसअघि दुईपटक आयोजना भएको थियो। सन् १९८५ मा भएको खेलमा फ्रान्सले उरुग्वेलाई  हराएको थियो भने सन् १९९३ मा अर्जेन्टिनाले पेनाल्टीमा डेनमार्कलाई पराजित गरेको थियो। 

अर्जेन्टिना सन् २०१९ को जुनयता ३२ खेलमा अपराजित छ। यो क्रममा उसले कोपा अमेरिकाले उपाधि  जितिसकेको छ भने कतार विश्वकपको लागि पनि छनोट भएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .