मलेसियामा जारी एसीसी महिला टि–२० क्रिकेट च्याम्पियनसिप अन्तर्गत नेपालले मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्दै छ।
चौथो खेलमा किनरारा ओभलमा नेपालले हङकङको सामना गर्न लागेको हो। नेपाल र हङकङबीचको खेल दिउँसो १२ बजेबाट शुरु हुनेछ।
नेपाल हङकङलाई हराएर लगातार चौथो जित निकालेर समूह विजेता बन्ने दाउमा छ। नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ।
समूह बीमा रहेको नेपाल ३ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा छ। हङकङ २ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
यसअघि नेपालले भुटानलाई ५०, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले पराजित गरेको थियो।
69
Shares
प्रतिक्रिया