ad ad

खेल


एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालको पहिलो हार

एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालको पहिलो हार

नेपालखबर
असार ७, २०७९ मंगलबार १५:७, काठमाडौँ

एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले पहिलो हार व्यहोरेको छ। मंगलबार भएको खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको हो। 

नेपालले दिएको १ सय १० रनको लक्ष्य हङकङले १५.५ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो। 

हङकङका लागि मारिको हिले सर्वाधिक ४५ रनको योगदान दिइन्। नतासा माइल्सले २८ र चान का यिङ क्यारीले १७ र बेल्ला बो यीले ९ रन थपे। 

नेपालकी संगिता राईले २ तथा सिता राना मगरले १ विकेट लिए। 

त्यसअघि मलेसियाको किनरारा ओभलमा टस जितेर पहिला ब्याटिङ गरेकोे नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९ रनको योगफल तयार पारेको थियो। 

कप्तान रुविना क्षेत्री बेलबासे ३२ र अप्सरी बेगम २२ रनमा नटआउट रहे। ३६ बलको सामना गरेकी कप्तान रुविनाले ४ चौका प्रहार गरिन्। अप्सरी बेगमले  १६ बलमा २ चौका हानिन्। 

सातौं विकेटका लागि अप्सरी बेगम र रुविनाले ४४ रनको अविजित साझेदारी गरे। 

ओपनर विन्दु रावलले २३ रन थपिन्। हङकङकी बेट्टी चानले २ तथा एलिसा हब्र्बाड र मर्याम बिवीले समान १ विकेट लिए। 

नेपालले पहिलो खेलमा भुटानलाई ५० र कुवेतलाई २५ रनले तथा बहराइनलाई ८ विकेटले हराएको थियो। 

च्याम्पियनसिपको फाइनल खेल्ने दुई टोलीले एसिया कपमा स्थान बनाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .