ad ad

खेल


क्यानडा भ्रमणमा नेपालको दोस्रो जित

क्यानडा भ्रमणमा नेपालको दोस्रो जित

नेपालखबर
असार २०, २०७९ सोमबार ६:४४, काठमाडौँ

क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा ५५ रनको जित हात पारेको छ।

आइतबार भएको ओन्टारियो क्रिकेट क्लबसँगको टी२० अभ्यास खेलमा  पहिला ब्याटिङ गरको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०९ रनको विशाल योगफल तयार पारेको थियो। 

नेपालका लागि रोहित पौडेलले अविजित ७१ रन बनाएका थिए। ३१ बल सामना गरेका उनले ५ चौका र ५ छक्का प्रहार गरे। 

त्यस्तै दीपेन्द्रसिंह ऐरीले २७ बल खेल्दै ६ चौका र २ छक्काको सहयोगमा ५४ रनको पाली खेले। पवन सर्राफले ३४ बलमा ३७ रन बनाए। देव खनाल २० रन बनाएर आउट हुँदा आदिल अन्सारी १० रनमा अविजित रहे। 

जवाफी ब्याटिङमा उत्रिएको ओन्टारियो १९ ओभर ३ बलमा १५४ रन बनाउँदै अल आउट भयो । ओन्टारियोका लागि बरुण सहदेवले ३३ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ५० रन बनाए । जेड मदमोर २५ बलमा २ चौका र २ छक्कासहित ३७ रन बनाएर आउट भए ।

दोस्रो विकेटका लागि सहदेव र पदमोरले ६९ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । ओन्टारियोले लगातार विकेट गुमायो । ओन्टारियोका पाँच खेलाडी रन आउट भएका थिए ।

नेपालका सोमपाल कामीले ३ ओभर ३ बलमा २७ रन खर्चेर २ विकेट लिए । करण केसी, आदिल अन्सारी र किशोर महतोले १–१ विकेट लिए । 
यसअघि पहिलो अभ्यास खेलमा नेपालले ओन्टारियोमाथि ६९ रनको जित हात पारेको थियो। 

नेपालले अब क्यानाडासँग दुई एकदिवसीय खेल खेल्नेछ । क्यानडासँग नेपालले मंगलबार र बुधबार गरी दुई एकदिवसीय क्रिकेट खेल्न लागेको हो। 

त्यसपछि नेपाली टोली स्कटल्यान्ड जानेछ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक ओडीआई सिरिज हुन लागेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .