ad ad

खेल


फिफा विश्वकप एक दिन अगाडि सर्ने!

उद्घाटन खेलमा कतार–इक्वेडर भिड्ने
फिफा विश्वकप एक दिन अगाडि सर्ने!

फाइल तस्बिर


नेपालखबर
साउन २६, २०७९ बिहिबार १३:३६, काठमाडौँ

फिफा विश्वकप २०२२ को उद्घाटन समारोह एक दिनअगाडि गर्ने तयारी गरिएको छ। 

विश्व फुटबलको सर्वोच्च निकाय अन्तराष्ट्रिय फुटबल महासंघ (फिफा) ले आयोजक कतार सहमत भएमा उद्घाटन समारोह र आयोजकको पहिलो खेल एक दिनअगाडि गर्ने छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। आयोजक कतार सहमत भए पहिलो खेल इक्वेडरविरुद्ध हुनेछ। 

विश्वकप फुटबलको पहिलो खेलमा नेदरल्यान्ड र सेनेगल भिड्ने तालिका थियो। तर आयोजकले पहिलो खेल खेल्न चाहेमा परिवर्तन गर्न सकिने जनाइएको छ।  

फिफाको प्रशासनले एक दिनअगाडि विश्वकप सार्ने प्रस्ताव गरेको हो। साउथ अमेरिकन कनफेडेरेसन कन्मीबेलबाट आग्रह भएपछि कतार र उसको विपक्षी टोली इक्वेडरसँग छलफल गरी यस्तो प्रस्ताव गरिएको बीबीसीले जनाएको छ। उद्घाटन खेल आयोजकबाटै खेलिने चलन रहिआएको छ। यसको अन्तिम निर्णय भने फिफा परिषद् ब्युरोले गर्नेछ। त्यसमा छवटा कनफेडेरेसन अध्यक्षहरु र फिफाका अध्यक्ष जियानी इन्फेन्टिनो रहेका छन्। 

यदि एक दिन अगाडि सार्ने प्रस्ताव स्वीकृत भए पनि खेलाडी रिलिजको मिति परिवर्तन नहुने बताइएको छ। योसँगै सेनेगल र नेदरल्यान्डको खेल सोमबार हुनेछ।  

एक दिन अगाडि सरे पनि ग्रुप बीको इंग्ल्यान्ड र इरान बीचको २१ नोभेम्बरमा खेल्ने तालिकालाई असर गर्नेछैन। वेल्स र अमेरिकाबीचको खेलमा पनि यसले कुनै असर नगर्ने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .