खेल


फुटबलबाट सन्न्यास लिने जेरार्ड पिकेको घोषणा

टोलीका सदस्य र समर्थक आश्चर्यमा
फुटबलबाट सन्न्यास लिने जेरार्ड पिकेको घोषणा

नेपालखबर
कात्तिक १८, २०७९ शुक्रबार १२:०, काठमाडौँ

बार्सिलोनाका सेन्ट्रल डिफेन्डर जेरार्ड पिकेले फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन्। 

राष्ट्रिय टोलीबाट यसअघि नै सन्यास लिइसकेका पिकेले व्यवसायिक फुटबलबाटै सन्न्यास लिन लागेका हुन्।

सन्यासकाबीच पनि विश्वकप फुटबलको प्रारम्भिक टोलीमा स्पेनले उनलाई समेटेको छ।

तर पिकेले भने शनिबार राति लालिगा क्लब अल्मेरियाविरुद्धको खेल नै अन्तिम हुने घोषणा गरेका छन्। क्लबले उनको बिदाइको तयारी थालिसकेको छ। 

पिकेले बिहीबार साँझ सामाजिक सञ्जालमार्फत फुटबलबाट सन्न्यास लिने घोषणा गरेका हुन्। शनिबार राति घरेलु मैदान क्याम्प नोउमा अल्मेरियाविरुद्धको खेल पिकेका लागि अन्तिम हुनेछ। 

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘शनिबार हुने बार्सिलोनाको खेल मेरो लागि अन्तिम हुनेछ।’ 

पिकेले अकस्मात् सन्न्यास लिने घोषणा गरेपछि टोलीका सदस्य र समर्थक आश्चर्यमा परेका छन्। बार्सिलोनासँग सम्झौता नसकिँदै मध्य सिजनमा उनले सन्यास लिने घोषणा गरेका हुन्। 

उनले पारिवारिक र व्यक्तिगत कारण सन्न्यास लिन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। तर पछिल्लोपटक बार्साको टोलीमा पर्न उनले संघर्ष गर्नु परेको थियो। टिममेट घाइते भएको अवस्थामा मात्रै प्रशिक्षक जाभीले उनलाई मौका दिइरहेका थिए। 

यो सिजना बार्साले ठूलो संख्यामा खेलाडी भित्राएपछि नै उनको क्याम्प नोउमा भविष्य संकटमा परेको थियो।

सेन्ट्रल डिफेन्डर पिकेले टोलीमा रोनाल्डो एराउजो, एरिक ग्रासिया, आन्द्रेस क्रिस्टेन्सन र जुलेस कुन्डेपछि मात्रै मौका पाइरहेका थिए। उनले पछिल्लो समय ला लिगा र च्याम्पियन्स लिगका ९ खेलमा ५ सय ५५ मिनेट मात्र मैदानमा बिताएका थिए। 

उनले मौका पाएका खेलमा पनि अपेक्षाकृत खेल पस्कन नसकेपछि बार्साले उनको बहिर्गमन चाहेको थियो। यसअघि क्लबमा महत्त्वपूर्ण योगदान दिएका पिके आफैले क्लब छाडून् भन्ने बार्साको चाहना थियो।

अन्ततः क्लबको चाहनाअनुसार नै उनले बीचमै सम्झौता खारेज गरेर सन्न्यास लिने निर्णय बार्सा अध्यक्ष जोन लापोर्तालाई सुनाएका हुन्।

जाभी हर्नान्डेजले उनलाई पहिले नै टिमबाट ब्रेक लिन आग्रह गरे पनि उनी संर्घष गर्ने पक्षमा थिए। २५ वर्षको उमेरमा बार्सामा आएका पिकेले बार्साले आफूलाई सबैथोक दिएको प्रतिक्रिया दिएका छन्। पिके र प्रशिक्षक जाभी यसअघि सँगै बार्सिलोनाबाटै खेलेका थिए। तर बार्साले आफ्ना पूर्व खेलाडीलाई गत सिजनको बीचमा जाभीलाई प्रशिक्षकको जिम्मा दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .