ad ad

खेल


विश्वकप क्रिकेट : सेमिफाइनलमा भारत र इङल्याण्ड भिड्ने

विश्वकप क्रिकेट : सेमिफाइनलमा भारत र इङल्याण्ड भिड्ने

नेपालखबर
कात्तिक २०, २०७९ आइतबार १७:१५, काठमाडौँ

जिम्बाबेमाथि सहज जित निकाल्दै भारत आईसीसी टि–२० विश्वकपको समूह विजेताको रुपमा अन्तिम ४ मा स्थान पक्का गरेको छ।

यसअघि नै सेमिफाइनलमा स्थान बनाएको भारतले समूह चरणको अन्तिम खेलमा जिम्बाबेलाई ७१ रनले पराजित गरेको हो। 

भारतले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको जिम्बाबे १७.२ ओभरमा ११५ रनमा अलआउट भयो। 

त्यसअघि मेलवर्न क्रिकेट मैदानमा भएको खेलमा भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रनको योगफल तयार पारेको थियो।  

समूह बी बाट भारत समूह विजेता र पाकिस्तान समूह उपविजेताको रुपमा अघिल्लो चरण पुगेका हुन्। यो सँगै टि–२० विश्वकपको सेमिफाइनल समीकरण पुरा भएको छ। 

समूह ए बाट न्युजिल्याण्ड र इङल्याण्डले अन्तिम चारमा स्थान बनाएका छन्। समान अंक भएपनि नेट रनरेटमा पछि अघि रहँदै न्युजिल्याण्ड शीर्ष र इङल्याण्ड दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका हुन्। समान अंक भएपनि नेट रनरेटमा पछि पर्दै अष्ट्रेलिया बाहिरियो। 

समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेसँगै भारतले समूह ए को उपविजेता इङल्याण्डसँग खेल्नेछ। खेल बुधबार दिउँसो पौने २ बजे सिड्नीमा हुनेछ। 

समूह बी को उपविजेता पाकिस्तानले भने फाइनल प्रवेशका लागि समूह ए को विजेता टोली  न्युजिल्याण्डसँग खेल्नेछ। दोस्रो सेमिफाइनल खेल बिहिबार पौने एक बजे हुनेछ। 

टि–२० विश्वकपको फाइनल खेल आइत्बार दिउँसो पौने २ बजे मेलवर्नमा हुनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .