एन्टी डोपिङको नियम तोडेको कारण केन्याका तीन खेलाडीमाथि समग्रमा ८ वर्षको प्रतिबन्ध लागाइएको छ।
एथलेटिक्स इन्टिग्रिटी युनिट (एआईयू) ले म्याराथन धावक एलिस जेपकेम्बोई किमुताई र जोनस्टोन किबेट माइयोलाई तीन वर्ष र स्प्रिन्टर मार्क ओटिएनोलाई दुई वर्षको लागि प्रतिबन्ध लगाएको छ।
टोकियो ओलम्पिकमा १ सय मिटर हिट्सका धावक २९ वर्षीय ओटिएनोमा प्रतिबन्धित एनाबोलिक स्टेरोइड मेथास्टेरोन पोजेटिभ देखिएको थियो।
१ सय मिटर दौडका तीन पटकका राष्ट्रिय च्याम्पियन ओटिएनोको प्रतिबन्ध २०२३ को जुलाइमा सकिनेछ।
नोभेम्बरको पोर्टो म्याराथन विजेता किमुताईको निलम्बन नोभेम्बर १६ बाट सुरु भएको भएको छ। किमुताइमा पुरुष हार्मोन टेस्टोस्टेरोन पोजेटिभ देखिएको थियो।
माइयोको प्रतिबन्ध एरिथ्रोपोइटिन (ईपीओ) को पोजेटिभ देखिएको थियो। उनको प्रतिबन्ध २० जुलाइबाटै लागेको छ।
पूर्वी अफ्रिकी देशले डोपिङ विरुद्ध लड्न अबको पाँच वर्षमा २ करोड ५० लाख डलर खर्च गर्ने प्रतिबद्धता जनाएसँगै ५५ जना खेलाडी डोपिङमा परिसकेका छन्।
केन्याका खेलकुदमन्त्री आबाबु नम्वाम्बाले खेलकुदमा भएका डोपिङका मुद्दाहरुलाई अन्त्य गर्न यसलाई अपराधको रुपमा स्वीकार गर्ने बताएका छन्।
Shares
प्रतिक्रिया