खेल


करण केसीको विस्फोटक ब्याटिङमा फारवेस्टले जनकपुरलाई दियो १७० रनको लक्ष्य

करण केसीको विस्फोटक ब्याटिङमा फारवेस्टले जनकपुरलाई दियो १७० रनको लक्ष्य

नेपालखबर
पुस १४, २०७९ बिहिबार १४:४०, काठमाडौँ

अन्तिम ओभरमा करण केसी चम्किएपछि फारवेष्ट युनाइटेडले नेपाल टी २० लिगमा जनकपुर रोयल्ससामु १ सय ७० रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको फारवेष्टले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६९ रनको योगफल तयार पारेको हो। 

फारवेष्टका भीम सार्की ३६ र करण केसी ४६ रनमा नटआउट रहे। भीमले ३० बलमा १ चौका र २ छक्का हाने। करनले १७ बलमा ३ चौका र ४ छक्का हाने। 

ओपनर देव खनालले २२ तथा हसिम अन्सारीले ११ रन बनाए। कप्तान हस्मतुललाह शाहिदी १९ रनमा रनआउट भए। उमैर अली शुन्य रनमा आउट हुँदा हरिशंकर शाह १३ रनमा रनआउट भए। 

जनकपुरका ललित राजवंशीले २ विकेट झारे। सोमपाल कामी र जितेन्द्र मुखियाले एक एक् विकेट लिए। 

लिगमा फारवेष्ट दोस्रो तथा जनकपुर तेस्रो जितको खोजीमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .