खेल


कार दुर्घटनामा भारतीय क्रिकेटर ऋषभ पन्त गम्भीर घाइते

कार दुर्घटनामा भारतीय क्रिकेटर ऋषभ पन्त गम्भीर घाइते

नेपालखबर
पुस १५, २०७९ शुक्रबार ११:११, काठमाडौँ

भारतीय क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा परी गम्भीर घाइते भएका छन्।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार उत्तराखण्डको रुडकीमा उनको कार डिभाइडरसँग ठोक्किएको थियो। समाचारमा उल्लेख गरिएअनुसार रुडकीको सीमाक्षेत्रमा उक्त दुर्घटना भएको हो। दुर्घटनापछि कारमा आगो लागेको थियो। 

स्थानीय प्रहरी अधिकारी स्वप्न किशोरले यो दुर्घटनाबारे जानकारी दिँदै भने, ‘ऋषभ पन्तको कार हरिद्वार जिल्लामा मंगलोर र नारसनको बीचमा दुर्घटना भएको हो। रुडकी सिभिल अस्पतालमा सुरुवाती उपचारपछि उनलाई देहरादूनस्थित म्याक्स अस्पतालमा शिफ्ट गरिएको छ।’

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad