भारतमा हुने मैत्रीपूर्ण खेलका लागि ४३ सदस्यीय प्रारम्भिक महिला टोलीको घोषणा भएको छ।
राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक अनन्तराज थापाले ४३ सदस्यीय महिला टोलीको घोषणा गरेका हुन्।
टोलीको गोलकिपिङ प्रशिक्षकमा सुरज कुमार लामा र टिम म्यानेजरमा वृन्दा देवान नियुक्त भएका छन्।
नेपालले आगामी फागुन १ देखि १३ गते सम्म भारतमा मैत्रीपूर्ण खेल खेल्दै छ।
प्रारम्भिक टोली :
गोलरक्षकः अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, उषा नाथ, सपना राई, कविता विक
डिफेन्डरः अमृता जैसी, अन्जली वाइबा, विमला विक, घिम कुमारी गुरुङ, गीता राना, हिरा कुमारी भुजेल, कविता धिमाल, खुस्मा राई, मनिका कुस्वार, निशा थोकर, समिक्षा घिमिरे, सिर्जना चेम्जोङ, सुनिता चौधरी, सिर्जना सिंह ठकुरी, गंगा गुरुङ
मिडफिल्डरः अनिता बस्नेत, अनिता केसी, विमला चौधरी, दिपा न्यौपाने, दिपा शाही, मन्जली कुमारी योन्जन, प्रिती राई, रेनुका नगरकोटे, सरस्वती हमाल, सरु लिम्बु, हेमा चौधरी, सरस्वती ऐर, मेनुका आले मगर
फरवार्डः अमिषा कार्की, कुसुम खतिवडा, निर्मला विक, रश्मी कुमार घिसिङ, रेखा पौडेल, सविता रानामगर, सावित्रा भण्डारी, चन्द्रा भण्डारी, संजु कुमाल, अनुष्का शेर्पा
प्रतिक्रिया