ad ad

खेल


न्यु डायमण्ड कप खुला यू–१८ राष्ट्रिय महिला भलिबल मंगलबारदेखि हुने

न्यु डायमण्ड कप खुला यू–१८ राष्ट्रिय महिला भलिबल मंगलबारदेखि हुने

नेपालखबर
फागुन ४, २०७९ बिहिबार १२:५०, काठमाडौँ

बागमती प्रदेश न्यु–डायमण्ड कप यू–१८ खुला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिप मंगलबार देखि सुरु हुँदैछ।

न्यु डायमण्ड युथ स्पोर्टस् क्लबले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप फागुन ९ देखि १३ गतेसम्म हुने जानकारी दिएको हो। 

न्यु डायमण्ड युथ स्पोर्टस् क्लबको निमार्णाधिन खेल मैदान निमार्ण सहयोगार्थ हुने च्याम्पियनसिप नैकापको नव निर्मित भवनमा हुनेछ। 

प्रतियोगितामा १० देखि १२ टोलीले सहभागिता जनाउने लक्ष्य राखेको क्लबका अध्यक्ष कुमार राईले जानकारी दिए। 

लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताका लागि बिहिबारसम्म टोली दर्ताको समय राखिएको छ। 

प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो हुने टोलीले १ लाख तथा चौथो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ पाउनेछन्। उदियमान खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन्। 

अन्य विधागततर्फ उत्कृष्ट स्पाईकर, सेटर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। 

प्रतियोगिता सम्पन्न गर्न २१ लाख १० हजार रुपैयाँ खर्च हुने क्लबले अनुमान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .