आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजमा घरेलु टोली यूएईविरुद्ध पहिले ब्याटिङमा उत्रेको नेपालले सुरुमै झट्का ब्यहोरेको छ।
नेपालका ओपनर आशिफ शेख सस्तैमा आउट भएका छन्। उनी १४ बलमा केबल ६ रन बनाएको अवस्थामा क्याच आउट भएका हुन्।
आशिफ आउट भएपछि अहिले तेस्रो क्रमका कुशल मल्ल अर्का ओपनर ज्ञानेन्द्र मल्ललाई साथ दिन क्रिजमा आएका छन्।
ताजा अवस्थामा नेपालले ६ ओभर खेल्दै १ विकेटको क्षतिमा १९ रन बनाएको छ।
नेपालले आजको खेलमा टोलीमा एक खेलाडी परिवर्तन गरेको छ। ओपनर कुशल भुर्तेलको स्थानमा तीव्र गतिका बलर प्रतिश जिसीले मौका पाएका छन्।
नेपाल आजको खेलमा यूएईलाई उसकै घरेलु मैदानमा हराउने योजनामा छ। सिरिजको पहिलो खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको थियो।
33
Shares
प्रतिक्रिया