खेल


मोरक्कोको उत्कृष्ट लय यथावत, ब्राजिललाई हरायो

मोरक्कोको उत्कृष्ट लय यथावत, ब्राजिललाई हरायो

नेपालखबर
चैत १२ , काठमाडौँ

कतार विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको मोरक्कोले मैत्रीपूर्ण खेलमा ब्राजिललाई हराएको छ।

घरेलु मैदानमा आइतवार बिहान भएको खेलमा मोरक्कोले ब्राजिललाई २-१ गोलअन्तरले पराजित गरेको हो।

मोरक्कोलाई जिताउने क्रममा खेलको २९ औँ मिनेटमा सोफियाने बोउफाल र अब्देलहामिद साबिरीले ८९ औँ मिनेटमा गोल गरेका थिए।

पराजित भएको ब्राजिलका लागि खेलको ६७ औँ मिनेटमा क्यासेमिरोले सान्तवना गोल फर्काए। 

मोरक्कोले हेभिवेट ब्राजिलविरुद्ध पहिलो पटक गोल गर्दै जित पनि आफ्नो पक्षमा पार्न सफल भएको हो।

ब्राजिलले मोरक्कोविरुद्धको खेलमा केही दोस्रो रोजाइका खेलाडी मैदानमा उतारेको थियो। उसका प्रमुख स्ट्राइकर नेयमार चोटका कारण मैदानमा देखिएनन्। 

पाँच पटकको विश्वविजेता ब्राजिल कतार विश्वकपको क्वार्टरफाइनल भिडन्तमा क्रोएसियासँग पराजित हुँदै घर फर्किएको थियो। 

चैत १२, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .