खेल


विश्वकप छनोट : लाओसविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक

विश्वकप छनोट : लाओसविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक

फाइल तस्बिर


नेपालखबर
असोज ३०, २०८० मंगलबार १७:१५, काठमाडौँ

फिफा विश्वकप छनोट अन्तर्गत पहिलो चरणको दोस्रो लेगमा लाओसविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ। लाओसको नेशनल स्टेडियममा हुने खेल पौने ६ बजे सुरु हुनेछ। 

टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले पहिलो लेगबाट तीन खेलाडी परिवर्तन गरेका छन्। 

डिफेन्समा पहिलो लेगकै खेलाडीले निरन्तरता पाउँदा मिडफिल्डर र फरवार्ड लाइनमा खेलाडी परिवर्तन गरेका छन्। 

नेपाली टोलीको आक्रमणको जिम्मा अञ्जन विष्ट, जिलेस्पी जंग कार्की र मनिष डाँगीलाई दिइएको छ। 

मिडफिल्डमा एरिक विष्ट, लाकेन लिम्बु, उत्सव राई, दिनेश हेन्जनले सम्हाल्नेछन्। 

डिफेन्समा अनन्त तामाङ, सनिस श्रेष्ठ र रोहित चन्द रहनेछन्। गोलरक्षकमा कप्तान किरण कुमार लिम्बु नियमीत छन्। 

नेपालको सुरुआती ११ः
गोलरक्षकः किरण कुमार लिम्बु (कप्तान)
डिफेन्डरः अनन्त तामाङ, सनिस श्रेष्ठ र रोहित चन्द
मिडफिल्डरः लाकेन लिम्बु, उत्सव राई, दिनेश हेन्जन 
फरवार्डः जिलेस्पीजंग कार्की, अञ्जन विष्ट, मनिष डाँगी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .