खेल


राष्ट्रिय फुटबल टोलीसँग जान थप दुई जनालाई मात्रै स्वीकृति

राष्ट्रिय फुटबल टोलीसँग जान थप दुई जनालाई मात्रै स्वीकृति

फाइल तस्बिर


नेपालखबर
चैत ६, २०८० मंगलबार १९:३७, काठमाडौँ

बहराइनमा चैत ८ र १३ गते हुने फिफा विश्वकप २०२६ को छनोट चरणको प्रतियोगितामा खेलाडीसहित अनिवार्य सहभागी हुनुपर्ने टोलीमा २ जनालाई मात्रै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्वीकृति दिएको छ। 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले अनुरोध गरेकामध्ये डाक्टर राजु डंगोल महर्जन र मिडिया अफिसर गोविन्दराज नेपाललाई मात्रै स्वीकृति दिइएको संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले बताए।

एन्फाले उक्त छनोट प्रतियोगितामा जानका लागि खेलाडीसहित ४१ सदस्यीय टोलीको सहभागिताका लागि स्वीकृति माग गरेको थियो। 

४१ सदस्यीय टोलीमा १० जना प्रतियोगितामा सहभागी हुन अनिवार्य नदेखिएले राखेपले एन्फालाई ध्यानाकर्षण गराइसकेको थियो। 

राखेपले अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुँदा परिणाममुखी आवश्यक तयारी गरी सशक्त राष्ट्रिय टिम बनाउन जोड दिनुपर्नेमा त्यसो नभएको जनाएको छ।

यस्तोमा आवश्यकता नदेखिएको क्षेत्रमा थप आर्थिक व्ययभार हुने अवस्था कुनै पनि कोणबाट सही नभएकोले राखेपले १० जनाको स्वीकृति नदिएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .