ad ad

खेल


साउदीविरुद्ध नेपालको खेल ढिला हुने

साउदीविरुद्ध नेपालको खेल ढिला हुने

नेपालखबर
बैशाख ५, २०८१ बुधबार ११:४५, काठमाडौँ

एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र साउदी अरेबियाको खेल केही ढिला हुने भएको छ। 

मैदान चिसो भएकाले खेल निर्धारित समयभन्दा ढिला गरी सुरु हुने भएको हो। 

ओमानको अल अमरेट क्रिकेट मैदान टर्फ २ मा हुने खेलमा टस समेत हुन सकेको छैन। 

यसअघि नै समुह विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको नेपाल अपराजित यात्रालाई कायम राख्न चाहन्छ। 

आज नै हुने मलेसिया र हङकङबीचको खेलबाट समुह उपविजेताको टुङगो लाग्नेछ। समूह ‘ए’मा रहेका साउदी, मलेसिया र हङकङको समान २ अंक छ। 

चार खेल खेलेको कतारको चार अंक छ। त्यसैले समूह ‘ए’बाट सबै टोलीको अन्तिम चारको सम्भावना जीवित छ।

आजको समूह चरणको अर्को खेलसगैँ नेट रनरेटको आधारमा अघिल्लो चरण पुग्ने टोलीको टुंगो लाग्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .