खेल


एनभीए महिला तथा पुरुष भलिबल लिग आगामी जेठ तेस्रो साता

एनभीए महिला तथा पुरुष भलिबल लिग आगामी जेठ तेस्रो साता

नेपालखबर
बैशाख १६, २०८१ आइतबार १८:२०, काठमाडौँ

आठौँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग आगामी जेठ तेस्रो साता हुने भएको छ। 

नेपाल भलिबल संघले आइतबार पत्रकार सम्मेलन गर्दै लिग जेठ १९ देखि २६ गतेसम्म हुने जानकारी दिएको हो। 

लिगको महिला पुरुष दुवैतर्फका विजेता टोलीले ८ लाख तथा उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पाउनेछन्। 

गत चैत्र ३ देखि १० गतेसम्म काठमाडौँमा सम्पन्न आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपबाट छनोट भएका पुरुषतर्फका ८ र महिलातर्फका ६ टोलीले लिगमा स्पर्धा गर्नेछन्। 

लिगमा महिलातर्फ नेपाल पुलिस क्लब, एपीएफ क्लब, चन्द्रागिरी न्यु डायमण्ड भलिबल टीम, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब र कर्णाली प्रदेश सहभागी हुनेछन्। 

पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब, एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र बुढानिलकण्ठ भलिबल क्लब छनोट भएका थिए। 

लिगमा सहभागी हुने टोलीले ३ विदेशी खेलाडी टोलीमा राख्न पाउनेछन्। 

सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन्। उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ हात पार्नेछन्। 

लिगमा सहभागी हुने उपत्यका बाहिरका टोलीलाई १ लाख २० हजार रुपैयाँ दिइने संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी दिए। यस्तै उपत्यका भित्रका टाृेलीका खेलाडीलाई दैनिक जनही २ सय ५० रुपैयाँ खाजा खर्च दिइनेछ। 

प्रतियोगिता सम्पन्न गर्न ७५ हजार रुपैयाँ खर्च लाग्ने अुनमान गरिएको कार्यवहाक महासचिव सुनकेशरी मालीले जानकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .