नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिजविरुद्धको ५ खेलको टी २० सिरिजको अन्तिम खेलमा घरेलु टोली नेपालले जितका लागि १ सय ७३ रनको लक्ष्य पाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रनको योगफल तयार पारेको हो।
एलिक अथानाजे ४२ र हेडेन वाल्स ७ रनमा नटआउट रहे।
नेपालका लागि सागर ढकाल र सोमपाल कामीले समान ३ विकेट लिए। सागरले २ ओभरमा १७ रन खर्चेर ३ विकेट झारे। सोमपालले आफ्नो स्पेलमा १६ रन खर्चे।
अविनास बोहोराको नाममा एक विकेट रह्यो।
गुणाकेश मोती १ रन बनाउँदा सोमपाल कामीको बलमा बोल्ड आउट भए। फाबियन एलियन ३ रन बनाउँदा सोमपाल कै बलमा विकेट किपर आशिफ शेखको हातबाट आउट भए।
सोमपालले १७ औँ ओभरको तेस्रो बलमा म्याथु फोर्डलाई २३ रनमा क्याच आउट गराए। त्यसअघि १४ औ ओभरको तेस्रो बलमा वेष्ट इण्डिजका कप्तान रोष्टन चेस आउट भएका थिए। २३ बलमा ३३ रन बनाएका रोष्टन अविनास बोहोराका बलमा सन्दीप जोराको हातबाट क्याच आउट भए।
ओपनर जोनसन चाल्स २४ रन बनाउँदा पेभेलियन फर्के। २० बलमा २ चौका र २ छक्का हानेका जोनसन सागर ढकालको बलमा कट एण्ड बोल्ड भए।
अर्का ओपनर कदिम एलियन ११ रन बनाउँदा सागर कै बलमा रोहित पौडेलको हातबाट क्याच आउट भए। मार्क दियान ११ रनमा नै सागरको बलमा रोहितको हातबाट आउट भए।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
Shares
प्रतिक्रिया