ad ad

खेल


अन्तिम खेलमा नेपाल विनवार्डस् भोलक्यानोजसँग पराजित

अन्तिम खेलमा नेपाल विनवार्डस् भोलक्यानोजसँग पराजित

नेपालखबर
जेठ ६, २०८१ आइतबार ६:४७, काठमाडौँ

आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली विनवार्ड्स भोलक्यानोजविरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा पराजित भएको छ। 

अन्तिम खेलमा पराजित भए पनि विश्वकपको तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्समा रहेको नेपालले तीन खेलको सिरिज २–१ ले जितेको छ।

यसअघिका दुई खेलमा लगातार जित निकालेको नेपाल तेस्रो खेलमा ६७ रनले पराजित भएको हो। नेपालले पहिलो खेल ४ विकेटले तथा दोस्रो खेलमा ४९ रनले विजयी भएको थियो। 

विनवार्ड्स भोलक्यानोजले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको नेपाली टोली १७.२ ओभरमा १ सय ३८ रन बनाउँदा अलआउट भयो। 

आजको खेलमा नेपालको सुरुवाती ब्याटिङ लाइन कमजोर रह्यो। कप्तान रोहित पौडेलले सर्वाधिक ५३ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन्। 

ओपनर आशिफ शेख २४ रनमा आउट भए। सन्दीप जोराले २१ रन थपे। करण केसीले १३ बनाए।  कुशल भुर्तेलले ८ तथा कमल सिंह ऐरि ४ रन बनाए। 

अनिल शाह, सोमपाल कामीले समान २ रन बनाए। सागर ढकाल १ रन बनाउँदा गुल्सन झा र प्रतिश जिसी शुन्य रनमा नै आउट भए।

शनिबार राति भएको खेलमा टस जितेर ब्याटिङ गरेको विनवार्ड्स भोलक्यानोज १९.५ ओभरमा २ सय ५ रन बनाउँदा अलआउट भयो।  

नेपाली टोली आजै ह्युस्टन प्रस्थान गर्नेछ। नेपालले ८ गते अभ्यास गर्नेछ। ९ र १० गते नेपालले प्रेरी भ्यु क्रिकेट कम्प्लेक्समा ह्युस्टन एरिकेनसँग अभ्यास खेल खेल्नेछ। 

अभ्यास खेलपछि १२ गते नेपाली टोली डालास जानेछ। जहाँ नेपालले आइसीसीको तालिका अनुसार अमेरिका र क्यानडासँग वार्मअप म्याच खेल्ल्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .