खेल


हङकङका ब्याटर बाबर हायत कर्णाली याक्समा अनबुन्धित

हङकङका ब्याटर बाबर हायत कर्णाली याक्समा अनबुन्धित

नेपालखबर
कात्तिक १४, २०८१ बुधबार १२:२४, काठमाडौँ

हिमायलन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेका कर्णाली याक्सले दोस्रो विदेशी खेलाडीको रुपमा हङकङका ब्याटर बाबर हायतलाई अनुबन्ध गरेको छ।

बुधबार कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) को लागि ३२ वर्षीय खेलाडीलाई भित्र्याएको हो। योसँगै दाया हाते ब्याटर बाबर हायतले आगामी लिगमा कर्णाली याक्सको प्रतिनिधित्व गर्नेछन्।

बाबरले हङकङको लागि ७९ टी २० आई खेलमा एक हजार ९ सय १० रन बनाएका छन्। उनको स्ट्राइक रेट १३२।२७ छ। हङकङका लागि उनले दुई सतक र १० अर्धसतक बनाएका छन्। उनले सन् २०२४ मै नेपालविरुद्ध नै एक सय १० रन बनाएका थिए।

बाबरको आगमनले टोली थप मजबुद भएको कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्लले बताए।

‘बाबर आजम निकै अनुभवी खेलाडी हुन्। उनको आगमनले टोली थप मजबुद भएको मानेको छु,’ प्रशिक्षक मल्लले भने। उनले नेपालमा धेरै खेल खेलिसकेका छन्। त्यो अनुभव एनपिएलमा देखिने आशा गर्छौँ।’

कर्णालीले पहिलो विदेशी खेलाडीको रुपमा यसअघि पाकिस्तानका २८ वर्षीय अलराउन्डर मोहम्मद हुसैन तलातलाई अनुबन्ध गरिसकेको छ। 

तलातले पाकिस्तानबाट १८ टी–२० आई खेलेका छन्। जसमा ३९४ रन बनाएका छन्। उनले सन् २०१९ मा वेष्ट इन्डिजविरुद्ध खेल्दै टी २० आईमा डेब्यु गरेका थिए।

कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन्।

१५ मंसिरदेखि ६ पुससम्म हुने प्रतियोगिताको लागि कर्णाली याक्सले अक्सनबाट ‘ए’ श्रेणीबमा राष्ट्रिय टोलीका गुल्शन झा, देव खनाल र नन्दन यावदलाई समावेश गरेको छ।

त्यस्तै, ‘बी’ श्रेणीमा अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन्। ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन्।

कर्णालीले मंगलबार मात्रै हस्पिटालिटी पार्टनरमा होटल हिल्टनसँग सम्झौता गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad