नेपाल प्रिमियर लिगमा शुक्रबार चितवन राइनोजमाथि शानदार जित निकाल्दै विराटनगरले प्लेआफमा पुग्ने आशा जीवित राखेको छ।
यसअघि नेट रनरेटमा समेत निकै पछि रहेको विराटनगरको अन्तिम चरणका खेल अनुकूल हुँदा प्लेअफ पुग्ने सम्भावना नै जीवित बनाएको छ।
शुक्रबार ५१ रनको जित निकाल्दा नेटरनरेटमा पोखरा एभेन्जर्स र काठमान्डु गुर्खाजलाई पछि पार्दै विराटनगर शीर्ष ५ मा उक्लिएको छ।
अब अन्तिम चरणका सबै खेलमा आफूअनुकूल नतिजा आएमा विराटनगर प्लेअफ पुग्ने सम्भावना जागेको छ। विराटनगरले बसिर अहमद चम्किँदा चितवनलाई १८२ रनको चुनौती दिएको थियो। जुन लक्ष्य पछ्याएको चितवन १३० रनमै समेटियो।














1.1k
Shares

प्रतिक्रिया